यस्ता छन् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगको प्रतिवेदन २०७८–७९ पेश गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयका महासचवि डा. भरतराज गौतमका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले २०७९–८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनका सम्बन्धमा धारणा राख्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका पूर्व सदस्य कर्मा घलेको निधनको शोक प्रस्ताव पेश गर्नुहुने कार्यसूची छ । घले २०७४ सालको प्रतिनिधिसभा सदस्य थिए । कांग्रेसबाट सांसद रहेका घलेको माघ २४ गते मंगलबार उपचारको क्रममा महाराजगञ्जमा ५९ वर्षको उमेरमा निधन भएको थियो ।