विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन, ६ बुँदे सहमति

काठमाडौं । सरकार विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न तयार भएको छ ।

गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि आन्दोलनरत चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको छ ।

भीभीआईपीको सवारीको क्रममा अरुलाई सडकमा निस्किनसमेत रोक लगाएर दुःख दिने गरिएको आवाज पनि चर्को रुपमा उठ्दै आएको छ । जसका कारण सर्वसाधारणले सास्ती भोग्दै आउनु परेको छ । आजबाट मात्र होइन विगत लामो समयदेखी यस्ता किसिमका गतिविधिले हरेक पारेको नकरात्मक असर न्युनीकरणका लागि सरकारले नयाँ व्याव्स्थापन कार्यविधि तयार पारेको छ ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गरेर शितल निवास फर्किंदै गर्दा प्रहरीले खाली गराएको सडकमा हिँडेको भन्दै ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहमाथि प्रहरीहरु जाइलागेका थिए । त्यसको विरोधमा नेपाल चिकित्सक संघले शनिबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो । यसैक्रममा आज बिहानभर ओपीडी सेवा बन्द गरिएको थियो । लगत्तै आज बिहान प्रधानमन्त्री कार्यालयमा वार्ता भएको थियो ।

वार्तापश्चात सरकार र चिकित्सकहरुबीच वार्तामा ६ बुँदे सहमति भएको छ ।

६ बुँदे सहमतिमा के–के उल्लेख छन: