काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमाथि प्रधानमन्त्री पुष्पकमल दाहालले आजकाे संसद बैठकमा जवाफ दिने तयारी गर्नुभएकाे छ ।
नीति तथा कार्यक्रममाथि गत चार दिनदेखि भएकाे छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूकाे जवाफ अहिले केही समयपछि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले दिन लाग्नुभएकाे हाे ।
प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुने छ ।
सरकारले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । जस अनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्ने सरकारले तयारी गरेकाे छ ।




















