जिप दुर्घटना अपडेटः मृतक चारै जनाको पहिचान खुल्यो, घाइते दश जनाको उपचार हुँदै

काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा बिहीबार साँझ भएको जिप दुर्घटनामा परि मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा बुलिङ्गटार ६ का ६० बर्षीय होम बहादुर रानाभाट,५८ वर्षका यम बहादुर ठाडा, बुलिङ ५ राईकोट निवासी ६७ वर्षे मनसोभा बराल र बौदिकाली २ निवासी २८ वर्षकी केशरी दराइ रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ।

यसै गरी घाइते हुनेमा चालक दुर्गा बहादुर बिरकट्टा,फूलमाया कुमाल,सुनिता रानाभाट,खेमचन्द्र दराई,उत्तम क्षेत्री रहेका छन् ।

घाइते बालबालिकामा सुना सुनार,सिजन दराई र ४ वर्षीय निश्चल रानाभाट रहेको प्रहरीले जनाएको छ । सामान्य घाइतेमा धनपति नेपाली र देव बहादुर नेपाली रहेका छन् । दलदलेबाट डेडगाउँ तर्फ जाँदै गरेको ग ०४ ००१ ज ०००६ नम्वरको जिप धौवादीको कान्छीपानी नजिक दूर्घटनामा परेको थियो।

प्रहरीले घटनास्थलबाट ८ जनाको उद्धार गरी अस्पताल तर्फ पठाएको र २ को अवस्था सामान्य रहेको जनाएको छ ।पहाडी कच्ची सडकको भिरबाट जिप करिव १ सय मिटर तल खसेको र जिपमा १४ जना सवार रहेको बताईएको छ ।

हुप्सेकोट ५ अन्तरगत पर्ने सो स्थान पूर्व पश्चिम राजमार्ग स्थित दलदलेबाट २८ किमि उत्तर पश्चिममा पर्दछ ।