कम्युनिस्ट घोषणापत्रको १७५ औँ वर्षको अवसरमा नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूले आर.आर. क्याम्पस अगाडि घोषणा पत्र पढेर मनाएका छन् । यस कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटीको महासचिव आरति लामा , उपाध्यक्ष हिरेन्द शाही र माधब पन्त , उप–महासचिव अशोक थापा, मिलन राई र महेश श्रेष्ठ, सचिव टेकेन्द्र मल्ल लगायत केन्द्रीय कमिटीको उपस्थिती रहेको अनेरास्ववियू आर.आर.क्याम्पसका नेता भिम बुढाथोकीले जानकारी दिए ।
सन् 1848 february 21 कार्ल मार्क्सले आजकै दिन लन्डनबाट कम्युनिस्ट घोषणापत्र सार्वजनिक गरेका थिए । त्यहि कम्युनिस्ट घोषणापत्र कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण दस्तावेज पनि मानिन्छ ।
आज चीन, भियतनाम, क्युवा , लाओस लगायत अन्य धेरै देशहरूमा यो विचारधाराले मेनिफेस्टो अपनाएका छन् । आजको पुँजीवादी व्यवस्थालाई ध्वस्त गरी समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापना गर्न यही कम्युनिस्ट मेनिफोस्टोले मार्ग प्रशस्त गर्छ यसर्थ परिवर्तनको एक सशक्त हतियारको रुपमा कम्युनिस्ट मेनिफेस्टोलाई लिएको छ ।






















