मन्त्रालय भागवण्डा मिलाउन बालुवाटारमा ४ बजे निर्णायक बैठक

सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रालय बाँडफाँट टुँगो लगाउनको लागि बैठक आज ९बुधबार० बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको हो ।

सो बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । लामो समयदेखि झण्डै डेढ दर्जन मन्त्रालय नेतृत्वविहीन छन् । सबै मन्त्रालयको बोझ प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।

प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते संसद्मा दोस्रो पटक विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारी छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँटको प्रस्ताव गरिसकेका छन् ।

तर, दलहरुले केही बढि नै मन्त्रालयमा दाबी गरेको कारण सहमति हुन नसकेको बताईएको छ । आज भने मन्त्रालय बाँडफाँटको विषय टुँगो लगाउने दाहालको तयारी छ ।