काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको डेंगु संक्रमणबाट निधन भएको हो ।
रिजाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापतिसमेत हुन् ।
रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
























