काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएपछि महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको हो ।
मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन परेका हुन् ।
नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उल्ट्याएको पाइएपछि तीन कर्मचारी निलम्बनमा परेको मेयर शाहको सचिवालय स्रोतले जानकारी दिएको छ । निलम्बनमा परेसँगै हिजो ९सोमबार० महानगरमा आयोजित स्वास्थ्यको कार्यक्रम पनि शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले चलाएका थिए ।
























