नेपाली कांग्रेसका युवा नेता राजु थापा समानुपातिक उम्मेदवारमा सिफारिस

नेपाली कांग्रेसका युवा नेता राजु थापा क्षेत्र नं–२ को प्रदेश ‘ख’ बाट थापा प्रदेश सदस्यमा समानुपातिक तर्फमा सिफारिस भएका छन्।

आसन्न मंसिर ४ को चुनावलाई मध्येनजर गरी नेपाली कांग्रेसले समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।

उनी गोरखाबासीका लागि एक कुशल राजनितिककर्मि र समाजसेवीको परिचय बनाएका एक बौद्धिक युवा नेता हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तथा मेडिकल क्रोसमा पांच बर्ष अध्ययन गरेका छन्। सक्षम र योग्य ब्यक्ति यसपालीको निर्वाचनमा गोरखाले पाउनुपर्छ भन्नेमा अन्य दलका नेताको समेत एक मत रहेको स्थानिय ब्यक्तिहरु बताउँछन्।