तुलसीपुरको कार्यालयमा ताला लगाउँदा भित्रै कर्मचारी थुनिए

 

काठमाडौं । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । संघले महोत्सव रोक्न माग गर्दै तालाबन्दी गरेको हो ।

तुलसीपुरमा आजदेखि युथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सुरु भएको छ । कोरोना महामारीपछि व्यापारमा गिरावट आएको समयमा महोत्सव रोक्न संघले माग गर्दै बिहान ११ बजे तालाबन्दी गरेको हो ।

बाहिरबाट ताला लगाउँदा केही कर्मचारी भित्रै थुनिएका छन् ।