माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै 

काठमााडौं ।  सत्तारूढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज वस्ने भएको छ । निर्वाचनको समिक्षा र गठबन्धनलाई के गर्ने भन्ने बारे वोल्ड निर्णय गर्न बैठक बस्न लागेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग पनि छलफल गरेर अघि बढ्न सकिने विषयमा छलफल भएको थियो।

सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी समेत गरेका थिए।

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाललाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको पनि बुझिएको छ ।

आजको बैठकमा पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ। बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा बस्दैछ ।