काठमाडौं। पाँचथर र धनकुटाको सिमावर्ती छ नम्बर बुधबारेबाट पाँचथरको जोरपोखरी तर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
रणशेर गणअन्तर्गत पाँचथरको बुधवारे पोष्टमा तैनाथ “ग” गुल्मको फौज सामुहिक तालिमको लागि अदली बदली गर्ने क्रममा सडक दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

बा १ ग ३४४२ नम्बरको वानटन गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका वडा नम्बर ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटनामा परेको थियो ।
घाइते मध्य १३ जनालाई हेलिकप्टरमा अहिले काठमाण्डौ ल्याएर छाउनी अस्पतालमा उपचार शुरु गरिएको छ । क्याप्टेन किशोर बोगटीको कमाण्डमा २७ जना बा २ झ ४८० नम्बरको बोलेरो जीप र बा १ ग ३४४२ नम्बरको टाटा ट्रकमा सवार भएका थिए । दुर्घटनामा घाइते १५ मध्ये २ जनाको अवस्था केही चिन्ताजनक छ ।






















