जाजरकोट दुर्घटना अपडेटः मृतक ११ जनाकै पहिचान खुल्यो

काठमाडौं । सोमबार अपरान्ह जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुने ११ जना सहित गम्भीर घाइते १ जनाको पनि पहिचान खुलेको छ ।

दुर्घटनामा घटनास्थलमै मृत्यु भएका ९ जना तथा उपचारका क्रममा निधन भएका २ जना र उपचारारत एकजनाको समेत पहिचान खुलेको हो ।

उक्त दुर्घटनामा परी छेडागाड–५ का दिपक अधिकारी, छेडागाड–५ की नैनसरा अधिकारी, छेडागाड–५ की जैकुवरा बुढा, छेडागाड–५ का रामबहादुर बुढा, छेडागाड–६ का वीरबहादुर खत्री, भगवती–२ दैलेखका अमर खड्का, भगवती–२ दैलेखकै मानबहादुर रावत, भगवती–२ दैलेखकै वीरेन्द्र केसी, छेडागाड–५ की देवीसरा बुढा, छेडागाड–५ कै अमर अधिकारी र छेडागाड–५ कै निशा अधिकारीको मृत्यु भएको छ ।

छेडागाड–५ की जैभान अधिकारी गम्भीर घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीको भनाई रहेको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट वडा नम्बर ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भीरपाटीमा सडकबाट तल खसेको थियो ।