माधव नेपाल अस्पताल भर्ना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

छातीमा समस्या  भएपछि अध्यक्ष नेपाल आज(मंगलबार)  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

सुरुमा अध्यक्ष नेपाल रुघाखोकीबाट ग्रसित थिए । पछि छातीमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।