काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ संक्रमण बढी रहेको जनाएको छ ।
खुला सीमाका कारण नेपालमा पनि उच्च जोखिम रहेकोले सजग रहन सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको छ ।
शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ । तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन ।
यद्यपि, खुला सीमाना एवम् आवतजावतका कारण नपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरूरी छ ।’
























