रविको उपप्रधानमन्त्री बन्ने सम्भावना उच्च

काठमाडौं । पहिलोपटक चुनाव लडेर चौंथो शक्तिको रुपमा स्थापित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामेछानेलाई उपप्रधानमन्त्री बनाउने विषयमा ओली–प्रचण्ड सकारात्मक रहेको एक श्रोतको माध्यमबाट जानकारी पाइएको छ।

रविले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी बन्ने मनस्थितिमा देखिएको छ । हिजो बालकोटमा गठवन्धनका सूत्रधार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संक्षिप्त छलफलपछि रास्वपाले सरकारमा सहभागी हुने तयारी गरेको हो ।

पार्टी स्रोतका अनुसार आफूहरुले उठाएका आधारभूत एजेन्डामा समझदारी र पदीय मिलान सन्तोषजनक भए सभापति रवि लामिछाने स्वयम् सरकारमा जाने छन् ।