नयाँ सरकार गठनलगत्तै रसुवागढी–केरुङ नाका दुईतर्फी रुपमा सुचारु

काठमाडौं । नयाँ सरकार गठनलगत्तै रसुवागढी–केरुङ नाका दुईतर्फी रुपमा सुचारु भएको छ ।
कोरोना महामारीलाई देखाएर लामोसमयदेखि बन्द रहेको रसुवागढी केरुङनाका आजबाट दुईतर्फी सूचारु भएको हो ।

केरुङ रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको चिनियाँ दूतावासले जानकारी दिएको छ।

नेपाली सामानले भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका दूतावाासले जनाएको छ । नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन रहेको समेत उल्लेख गरेको छ।