विदेशी मुद्रा आर्जनका तीनओटै क्षेत्रलाई चलायमान बनाउन जरुरी छः शेखर गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताएका छन् ।

बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् ।

रेमिट्यान्स मात्रै भित्र्याएर मुलुकको अर्थतन्त्र बलियो नहुने भन्दै अध्यक्ष गोल्छाले निर्यात र पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउनु पर्ने बताए । सरकारले विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले सरकारले निर्यात र पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउनमा विशेष जोड दिनु पर्ने उनको सुझाव थियो ।