काठमाडाैं । भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।
भारतीय प्रहरीले दिएको जानकारी अनुसार भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउमा बस दुर्घटना हुँदा १४ नेपाली यात्रुको मृत्यु भएको हो।
मृतकमध्ये एक टीकापुर नगरपालिका–१ का चन्द्रबहादुर साउद रहेको र उनका परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ। उनीबाहेक मृतक अन्यको भने पहिचान खुल्न सकेको छैन।
बस भारतको गुजरातबाट नेपाली यात्रु लिएर टीकापुर आइरहेको थियो। बसलाई विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारीसाधनले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ।
बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको दाबी छ। बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ।






















