सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।
आइतबार संचारकमीसँग कुराकानी गर्दै उहाँले लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरूका कारण नबिथोलिने भन्दै समस्याहरूको समाधान गरिने बताए।
उनले विगतमा पीआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरू नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको भए पनि कसैले प्रश्न नउठाएको बताए।
महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेको टिप्पणी गरे।
उनले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरूको निरुपण गर्न उदासीन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरूको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए।
संचारकर्मीसँगको कुराकानीमा उनले प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसदले लेखेको पत्रबारे सर्वोच्चले देखाएको सक्रियता भने अस्वाभाविक रहेको उल्लेख गरे।






















