अडिओ भेटिएपछि त्रिभुवन विमानस्थलका प्रमुख ठाकुर निलम्बनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले कुरा गरेको एक अडियो बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो।

ठाकुरले गैरकानुनी रूपमा थाई स्माइलबाट गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानीको गरेको अडियो प्राप्त भएको छ ।

उक्त अडिओको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरण मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।