काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ आज हुने भएको छ । बिहीबारका निर्धारित पेसी हेर्न नभ्याउने भन्दै सर्वोच्चले शुक्रबारका लागि सारेको हो।
बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास नसकिएकाले प्रधानमन्त्रीविरुद्धको पेसी शुक्रबारका लागि सरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रधानमन्त्रीविरुद्ध फौज्दारी अभियोगमा रिट दायर गरेका थिए।






















