कुपण्डोलको सर्भिसिङ सेन्टरमा आगलागी, जले ६ गाडी

काठमाडौं । आज बिहान ४ बजेर ४० मिनेटमा ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।

उक्त आगलागीमा हुँदा गाडी, स्कुटर र मोटरसाइकल जलेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ५ बजेर १५ मिनेटमा आगो नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी सिद्धीविक्रम शाहले महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका गाडीलगायत सवारी साधनमा आगलागीबाट क्षति पुगेको बताए।

बिजुली सर्ट भई तेलमा परेपछि आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। ६ वटा गाडी जलेको छ। ३ मोटरसाइकल, २ स्कुटर, एउटा मारूती भ्यान जलेको पाइएको छ । क्षतिको विवरण संकलन भइरहेको छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।