कुरा केहिदिन अघि मात्रैको हो, युटुबमा एउटा भिडियो आयो, जुन भिडियोको थम्नेलमा पत्रकार ऋिषि धमला, सामाजिक अभियान्त शर्मिला वाइबा र युटुबर सन्तोष देउजा देखिएका थिए । जसमा वाइबाले आफ्नो मोबाइलमा केही देखाएकि छन तर स्क्रीन ब्लर गरिएको छ र त्यहाँ लेखिएको छ ।
“ऋिषि धमला पक्राउ, सर्मिलाको …..चाटे ।”
धमलाके आरोप मा पक्राउ परेछ्न भनेर भिडियो खोले । त्यहा न देउजा थिए न धमला । वाइबासँग एक युटुबरले अन्तरवार्ता लिइरहेका थिए । अन्तरवार्ता दिने क्रममा बाइवाले भनिन् धमलाले काजु खाएर गर्थे ।
यहि क्लिप्स यसरी भाइरल भैदियो कि नेपाल यो भन्दा अरु कुनै सुचना तथा समाचारको भ्यालु नै छैन । सुन पसल देखि नुनपसल सम्म, औषधी पसल देखि भाडा पसलसम्म, टिकटक फेसबुकको कुरा त छदै छ । सोसल मिडियाका भित्ता देखि प्रत्येक व्यक्तीको मुखमा झुन्डियो काजु । अझ भनौ काजु शब्दको बलात्कार नै भयो । मानौँ अब काजुको कुनै अस्तित्व नै छैन । पसलमा किन्न जाँदा पसलेले शिरदेखि पाँउसम्म यसरी हेरछन् कि म कसैको हत्या गरेर आइरहेको छु ।
प्राय हामी सबैलाई थाहा छ काजु एक स्वस्थवर्दक तागत दिने पौष्टिक आहार हो तर यहाँ काजुलाई यसरी प्रयोग गरियो कि नग्याएर पनि केलाइयो । अनि यहि काजु को कन्नेट बनाएर युटुबरहरुको भ्युज बढाउने लर्को लाग्यो । अनि दोष भने कमल नै चलाउने पत्रकारलाई आयो ।
“आजकाल का पत्रकार कुन्नी के भाका सानो कुरालाई ठूलो बनाउछन ।”
“राजनीति अवस्था यस्तो छ , युवाहरु बेरोजगारले खाडी कुदेका छन यस्ता समाचार लेख्दैनन । काजु खाएर गर्यो । धमलाले जे सुकै गरोस त यी पत्रकारलाई कति चासो चाहिएको ।”
सामाजिक सन्जालमा यस्ता पोस्टहरु हुर्हुर्ती आउछन ।
हामी पाठक तथा दर्शकले पनि के बुज्नु पर्यो भन्दा पत्रकार र युटुबरमा के फरक छ ? कस्ले कस्तो लेख्छ अनि कस्तो बिषयको बारेका प्रकाशन गरेको छ त्यसमा ध्यान दिने गर्नुस न ! बिनासित्तीमा किन गाली गर्नुहुन्छ । यसमा गल्ती युटुबर तथा पत्रकारको मात्रै होइन । दर्शक तथा पाठकको पनि उत्तिकै छ । जुन भिडियोको थम्नेलमा अशलिल शब्द प्रयोग गरिएको छ । त्यही भिडियो खोजी खोजी क्लिक गर्छौ हामी दर्शक पनि ।
देशविकास, राजनिती, युवाबिदेशिएका समाचार पत्रकारले न लेखेका होइनन् धेरै लेखेका छन । तर हामी आफै त्यो बिषयमा ध्यान दिदैनौ । युटुबमा भएका भेलुबाजे, सुर न तालको मुकुन्दे, दाइले भाउजुलाई मर्नी गरि कुटे, दाइ बिदेशमा भाउजू को यहाँ नाठो, हो यस्तै यस्तै भिडियोमा दर्शक भुलिनु भएको छ अनि कहाँ बाट राम्रा र सत्य तथ्य सुचना थाहा पाउन सकिन्छ छ ।
हामी फेरि यति फुर्सदिलो छौ कि कस्को छोरी कहाँ गई कहिले गई कुन बेला गई को सँग गई कसरी गई कस्को घरमा के पाक्दै छ कस्ले कस्लाइ लिएर घुम्न गयो, के लगाएर गयो भन्ने सम्म को चियो चर्चो गर्न भ्याउछम् यस्ता भिडियो युटुबमा कहाँ अपलोड भएको छ भनेर खोजी खोजी हेर्ने गरिन्छ ।
तर आफ्नै घरमा बजेको टिभीको समाचारमा मन्त्री परिषदको बिस्तारबारे आएको लाइभ पनि थाहा हुन्न । अनि फेरि लास्टमा दोष आउँछ पत्रकारलाई । यस्तो भिडियो बनाएर बस्छ्न पैसा कमाउन भन्दै ।
समाजमा विकृती भित्र्याउने, परिवारका सबै सदस्यसगै बसेर हेर्न नसकिने भिडियोलाई हामे दर्शकले नहेर्दिनुस् न, लाइक सस्स्क्राइब न गरौँ त यस्ता कन्टेन र भिडियो आफै आउन छोड्छन । हामी दर्शक नै बेबकुफ छौं अनि युटुबरले भिडियो हाल्न किन नपाउने । हामी सबैले नराम्रा भनिएका , सभ्य भाषा शैली प्रयोग नगरिएका कन्टेनलाई ध्यान दिन छोड्ने हो भने यसरी बिनासित्तीका दिन कटाउने उद्देशले खोलिएका युटुब र युटुबरको को संख्या क्रमश घटन थाल्छन् । काजु कान्ड आउँदा मात्रै होईन जुन कान्ड आएपनि गाली खाने पत्रकार नै हुन् ।

















