महिला सक्षम हुँदा पनि हिंसा अन्त्य हुन सकेन्

काठमाडौं । बिहान सबेरै उठयो, नित्यकर्म सकायो अनि किचनतिर लाग्यो, पकाउ खुवाउ खान देउ अनि कार्यलयतिर, अनि बेलुका उहीँ रुइटिन घर आइपुग्यो दिनभरीको थकानलाई पोको पारेर किचनतिरै लाग्यो । यहि हो रमाको दैनिकी (नाम परिर्वतित) रमा विहेभएदेखि घर अफिसभन्दा बाहिर कतै जादिनन् । यसको मत्लब यो होइन की उनको अरुसँग सम्बन्ध राम्रो छैन ।

अतिनै राम्रो छ तर घरपरिवारको जिम्मेवारी अनि प्राइभेट अफिसको जागिरे एकदिन छुट्टी लिन राम्रै पापड बेल्नुपर्छ । तर जे होस यसपालि मामाको छोरा (दाइ) को बिहेमा जसरी नि जाने हो, बिहे भएको झन्डै पाँच वर्ष भैसक्यो बिहे भएको वर्ष गएको थिइन् त्यसपछि फर्केर गएकी छैनन् रमा । बिहे आउन पाँच दिन बाकी रहेछ , दाइको लभ म्यरिज कि अरेन्ज जान्न उत्सुक थिईन रमा , दाइसँग खासै बोलचाल हुन्न उनको काम नपरी ।

घरमा पनि सरसल्लाह भयो रमा विहेमा जाने कुरा भयो त्यो पनि जग्या लगाउने दिनमा अर्थात् हाम्रो परिवर्तित समाजअनुसार हल्दीको दिनमा ।अफिसमा पनि छुट्टी लिइ छाडिन् छाडे पापड बेलेरै भएपनि ।

हल्दीको दिन बिहानै पुगिन् । मामाघर । उनको प्रस्थानलाई मामा र माइजुका आँखा यसरी गडिएका थिए कि देवी माता नै उहाँहरुको दैलो टेक्दैछन् । घरभरी पाहुनाले टनाटन थिए , जो सबै रमाकै नाताकै थिए । मामाले गोरु देखि परेवा बेचेको नाता समेत छोड्नु भएनछ निम्तो पुर्याउन । कोहि रोटी पकाउदै खासखुस गर्दै थिए, कोहि चामल कुटदै, खट्टे भुट्दै थिए । रमा भर्खर पुगेकी अनि फेरि भान्जी पल्टिएर माइजुसँग लेपो मिलाउदै थिइन् ।

एक्छिनमा रमाकी आमा काम सकेर रमा भएतिर आउनु भयो अनि आमाछोरी गफ गर्न थाले । रमाले आफ्नी आमालाई दाइ को बिहे बारे चासो राखेर सोधिन् अनि आमाले नालिबेली सहित यसरी बेलीबिस्तार लगाउनु भयो ।

“नानी तेरो दाइले त आफै खोजेको केटी, हामी बराबरको त हैनन् रे, जात मिलेर के गर्नु अहिलेको जमनामा पढाइलेखाइ पनि त हेर्नू पर्यो नि होइन र ! केटी त कुनि क्या हो समाचार लेख्छे रे कता कता, खासै पैसो कमाउदिन रे पढेको पनि त्यही रहेछ । खासै कुल खान्दान का त होइनन् बा आमा गाउँ घर तिरै बस्छन रे तेरो मामा माइजुले त सम्झाउनु सम्झाका थिए दाइ भनौदोले मानेन । बिहे गरे मैले खोजेको केटीसगै गर्छु न भए गर्दै गर्दिन भन्यो ।”

बहिनीले पढेकै कलेजमा पढेकी हो रे । कलेजमा पनि सबैसँग झगडा गर्दै हिड्छे रे लुगा के लगाकी हो कुन्नी जिउ छोप्न ढाक्नै जानेकि छैन रे । न रुप कि न पढाइ कि, के देखेर मन पराएको होला? हुन त त्यो नखरमाउली ले नै आफ्नो जालमा पारी होला नि ! रमा यो बिषयमा आमासँग मुख लाग्न चाहिन । साझको बेला भयो मेहेन्दी लगाउन सबै पहेला हरिया वस्त्रमा सजिएका थिए । रमाका मामा माइजुमा बाहिरी हासो मात्रै भएको प्रस्ट देखिन्थ्यो ।

रमाका दाइ तयार हुन आफ्नो कोठा तिर लागेछन् । रमा सबै जना भएको हलमा गए त्यहा भाउजुको फेसबुक हेर्दै खासखुस चलिरहेको रहेछ । उनि पनि के कम सानिमाको आडमा गएर हुनेवाली भाउजूको फेसबुक अकाउन्ट हेर्न तम्सिइन्। हेर्दै धपक्क बलेकी बिना फिल्टरको रातो गाउनमा सजिएकी रहिछ्न उनी । स्क्रोल गर्दै गए, मोट्टी नि होइन दुब्ली पनि होइन, सर्लक्क परेको मिलेको जिउडाल, बायोमा लेखिएको थियो । “पन्छी जस्तै पखेटा फिजाएर उड्ने एक चरी ।”

सानीमा पनि कुरा काट्न लेप्रो तान्न थाल्नु भयो केटी त फोटो हेर्दा त्यत्ती उत्ताउलो देखिदैन त फेरि हाम्रो दाइ भाउजूले किन हामी बराबरको भैइन भनेका होलान?
पेसा पढाइ भन्दा नि बानी व्यावहोरा कस्तो छ भन्ने हो यो जमना छोटा लुगा लगाए फोटो, टिकटक हाले भनेर जज गरेर हुन्छ र ! सबैलाई मिलाएर राख्न सके भैग्यो नि “ रमाकी आमा छेउमै आएर भन्न लाग्नु भयो केही न केहि नि कस्को छोरा बुहारी घरमा आएर बस्छन र अनि जस्ले जति सक्छ त्यत्ती गर्ने हो जति पढे नि कमाए नि बाचेको दिन सम्म खुसी मिले भइगो नि खै के चाहिया हो दाइ भाउजुलाइ ।”

बिहे रौनक भएको घरमा यो कत्ती स्वभा दिइरहेको थिएन । सबैलाई रमाले एक साथ बोलाएर मेहेन्दी तिरै लगिन् । आफ्नो र अरुको भन्नू बित्तिकै कतै न कतै फरक त भैहाल्छ त्यही भएको होला । भित्रिने बुहारी पनि त कसैको छोरी नै हुन् । हाम्रो नेपाली समाजमा नारी भएर नारीकै विरोध गर्ने प्रवित्तीले गर्दा नै नारीहरु स्वयम् पछाडि परेका छन् ।
सायद रमाका मामा माइजुले आफ्नी छोरीमा भएको गुण ती हुनेवाली भाउजुमा ठम्याउन न सकेर यस्तो भएको पनि हुन सक्छ । उनी भित्रको क्षमतालाइ फेसबुकका फोटोसँग अनि एकै छिन गफ भएको आधारमा अडकल लगाएर हुन्छ र !

पछिल्लो समय महिलाहरु आर्थिक र सामाजिक रूपमा सशक्त हुदासम्म पनि एक नारीबाट अर्को नारी, परिवार र समाजका सदस्यहरुले हिंसा गर्ने अवस्था अन्त्य हुन सकेका छैनन्  । घरेलु हिंसाका मुद्दा जति कानुनी दायरामा आएपनि हाम्रो सोच्ने क्षमतामा फराकिलो नभएसम्म, यस्ता हिंसामा कमी हुने अपेक्षा गर्न सकिँदैन ।
रमाको मामा छोराले विहे गर्न लागेका महिलाको बारेमा जुनकुरा गरियो नि त्यसैगरि हरेक परिवारमा विहेको वेला गरिने संवाद यहि हुन्, यस्ता संवादलाई जरैदेखी उखेल्न स्वयम व्यक्तिभित्र परिर्वतन आउनुपर्छ ।