कांग्रेस केन्द्रीय समितिमा एक सय दिने सांगठनिक अभियान चलाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महान्मन्त्री गगन थापाले एक दिने सांगठनिक अभियान चलाउने प्रस्ताव गरेका छन् ।

बुधबार सुरु भएको बैठकमा महामन्त्री थापाले भदौ १५ देखि मंसिर २५ सम्म सांगठनिक अभियान चलाउने प्रस्ताव दर्ता गराएका हुन् ।त्यसका साथै महामन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको सहमतिमा पनि छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति लगायतमा पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव छ । भ्रातृ संघ, शुभेच्छुक संस्था, निर्देश समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण, नवीकरण प्रक्रिया सम्बन्धमा पनि थापाले प्रस्ताव गरेका छन् ।

त्यसका साथै नियमावली संशोधन प्रस्ताव, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका २०८१ लगायत विषय पनि थापाको प्रस्तावमा छन् ।