गगन थापाले कटाए १० हजार मत

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १० हजार मतका साथ मतान्तर बढाएका छन् ।

थापाका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ७ हजार ८ सय १६मत पाएका छन् ।

त्यस्तै,राप्रपाका ठाकुरमोहन श्रेष्ठले एक हजार ३८१ मत पाएका छन् ।हालसम्म २२ हजार ५७५ मत गणना भएको छ ।