यो जीत होइन, जिम्मेवारी होः डा. तोसिमा कार्की

काठमाडौं। ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी छिन्।

‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’उनले भनिन्।उनले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बिश्वास दिलाउँदै भनिन् ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,।

जनताको आशा, विश्वास र भरोसालाई ५ वर्ष सदनमा पेश गर्ने प्रतिवद्धता गर्दै उनले भनिन् ‘जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,मलाई निरन्तर खबरदारी गरिदिनुहोला।’

संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ ।’ उनले भनिन् ।