समानुपातिक मतगणनाः एमालेले कटायो साढे २६ लाख मत, कसको कति ? (सूचीसहित)

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समानुपातिकको जारी मतगणनामा नेकपा एमालेले साढे २६ लाख मत कटाएको छ ।

हालसम्म २६ लाख ५१ हजार ६ सय ७२ मत प्राप्त गरेको छ । एमालेले शुरुवातीबाटै अग्रता कायम गर्दै हालसम्म पहिलो स्थान कामयै राखेको छ ।

त्यसैगरी हालसम्म नेपाली कांग्रेसले २५ लाख ७ हजार १४ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले हालसम्म ११ लाख ३१ हजार ९ सय ८३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८६ हजार ८ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६१ हजार ७ सय १६ मत प्राप्त गरेको छ ।

त्यस्तै जनता समाजवादी पार्टीले ३ लाख ८२ हजार ५ सय ५४ मत, जनमत पार्टीले ३ लाख ४२ हजार ८८ मत प्राप्त गरेको छ ।

यता नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने बाटोमा लागेको छ । हालसम्म एकीकृत समाजवादी पार्टीले २ लाख ७८ हजार २ सय ९९ मत प्राप्त गरेको छ ।

हाल मतगणना जारी रहेको छ ।