काठमाडौं । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।
मतगणनाको सुरुदेखि पछाडि परेका शिवाकोटीले अहिले अग्रता लिनुभएको हो। शिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्।
कार्कीभन्दा शिवाकोटी १ हजार १ सय ६५ मतले अगाडि छन् ।
मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको थियो।



















