काठमाडौं । सोमबार बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई बोलाइएन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभापति देउवाले इच्छा नदेखाएपछि नबोलाएको बताइएको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी भएपनि यो बैठकमा भने बोलाइउन् । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति देउवाले गगनलाई बोलउने इच्छा नदेखाएको बताइएको छ ।
निर्वाचनलगत्तै सभापतिज्यूले आफूनिकटकालाई सहभागी गराउने, आफूविरुद्ध उभिनेलाई निषेधको मनसाय राखेर नबोलाइएको गगन निकट एक नेताले बताए ।



















