बालुवाटार छिरेका प्रचण्डलाई देउवाले दिए यस्तो जवाफ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रचण्डले आफूलाई गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको हुन् ।

आजको भेटमा भने प्रधानमन्त्री समक्ष प्रस्ताव नै राखेको बताइएको छ । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनि जवाफ दिएको स्रोतले जनाएको छ । यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दावी गर्दै आएका थिए ।