काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जनतालाई सचेत बनाउन नसकेको टिप्पणी गरेका छन्।
शनिबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा गणेशकुमार जिसीद्वारा लिखित पुस्तक ‘अरनिको एसिया एक प्रस्तावना’को विमोचन र पुस्तक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा चाहेको भए पनि जनतालाई बुझाउन नसकेको बताएका हुन्।
भिजन भएको नेतृत्वले चुनाव जितेर सरकार चलाओस भिजन कार्यान्वयन होस देश अगाडि बढोस भन्ने चाहे पनि त्यो पुरा हुन नसकेको उनको जिकिर थियो। जनता सचेत बनाउन नसक्दा सरकार बन्ने पक्रियाका लागि मान्छेहरू कुदाकुद गरेको पनि उनले टिप्पणी गरे।



















