माओवादीले दलको नेता भोलि चयन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेता चयन गर्ने भएको छ ।  सांसदहरुले संसद् भवनमा शपथ खाएपछि माओवादीले दलको नेता चयन गर्ने भएको हो ।

माओवादीले भोलि  बिहीबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बोलाएको छ । माओवादीमा दलको नेताका लागि अध्यक्ष पुष्पकमल दाहाल नै चयन हुने देखिएको छ ।