जनमत पार्टीले पायो उद्योग मन्त्रालय

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित खाँलाई सरकारमा पठाउने सहमति भएको बताए । अध्यक्ष राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताएका हुन् ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

३६ वर्षीय खानको स्थायी घर बर्दियाको गुलरिया हो । जनमत पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जित हात पारेको थियो ।