पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले भने ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र संकमा रहेको बताएका छन् । सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले देशको अर्थतन्त्र चुनौतीको डिलमा रहेको बताएका हुन् ।

उनले अर्थतन्त्रलाई सुधार्न सबैको राय र अनुभवलाई लिएर समस्या समाधानमा लाग्ने बताए । ‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्ने, पहिचान गर्ने र सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’

उनले चालू खर्च घटाउने, स्रोत व्यवस्थापन गर्दै वित्तीय क्षेत्रका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने बताए ।