काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा जाने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।
यसअघि राप्रपाले वर्तमान सरकारलाई बाहिरै बसेर समर्थन गर्ने, तर सरकारमा नजाने बताउँदै आएको थियो ।
योसंगै पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको वर्तमान सरकारलाई संसदमा रहेका कुल आठ दलको समर्थन प्राप्त भएको छ ।




















