जोर्डन र स्लोभेनियाका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले जोर्डनका लागि सुशीलकुमार लम्साल र स्लोभेनियाका लागि भरतकुमार रेग्मीलाई गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि समेत गैरआवासीय राजदूत पदमा र अष्ट्रिया, संयुक्त राष्ट्रसंघ कार्यालय भियानका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।