हातमा लाग्यो शून्यः डा. नारायण खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान परराष्ट्रमन्त्री डा। नारायण खड्काको परराष्ट्र नीतिमा धेरै ठूलो कुरा गरेर बस्न थाल्यौं भने ‘हातमा लाग्यो शून्य’ हुने भनाइ छ ।

उनले नयाँ सरकारलाई धेरै उग्र नहुन र राजनीतिक सिद्धान्तका आधारमा नबहकिन सुझाव दिएका छन् । उपप्रधान तथा गृहमन्त्री गृहमन्त्री रवि लामिछाने भारतसँग पहिलेजस्तै बोल्ने हिम्मत राख्नुहुन्छरु भन्दै खड्काले प्रश्न गरे ।

यस्तै विगतका परराष्ट्रमन्त्रीको भन्दा आफूले राम्रो काम गरेको उनको दाबी छ । खड्काले प्रचण्डमा नैतिक ह्रास आउँदा गठबन्धन भत्किएको पनि बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनीति सफल हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा रक्षात्मक हुन पुगेको उनको बुझाइ छ ।