सत्ता गठबन्धनको संयोजकमा केपी ओली चयन

काठमाडौंं। सत्ता गठबन्धनको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको गठबन्धनले अध्यक्ष ओलीलाई संयोजक चयन गरेको हो ।

सत्ता साझेदार दलहरुको गठबन्धनको संयुक्त निर्णय अनुसार नै ओलीलाई चयन गरिएको उपप्रधानमन्त्री तथा गृमन्त्री रवि लामिछानेले जानकारी दिए ।

बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ । ५ दिनभित्र सरकारले न्यूनतम साझा कार्यक्रम तय गर्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।