नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिने दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यो सरकार गठनबाट देशले परिवर्तन खोजेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संसदमा नयाँ पार्टीको आगमन नै देशमा परिवर्तको संकेत भएको बताएका छन् । उनले नयाँ पार्टीले उन्नती गर्ने ट्रेन देखिएको पनि बताए ।
‘संसदमा नयाँ पार्टी आउनुमा देशमा परिवर्तनको संकेत हो । अहिले नयाँले उन्नती गर्ने ट्रेन देखिइएको छ’, ओलीले भने । उनले विगतबाट गम्भीर शिक्षा लिँदै देश चलाउन र उन्नती प्रगति गर्न सरकार चाहिएको बताए ।
‘सांसद बन्नका लागि बनिदिने होइन, काम गर्नका लागि हो । सांसद बनेको पनि देशका लागि काम गर्नका लागि भएकाले त्यसैअुनसार काम गर्नुपर्छ’, उनले भने ।
उनले देशका लागि राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै बन्न नपाई विगार्न लाग्नु देश बर्बाद पार्नुबाहेक अरु केही नहुने बताए । उनले दलहरु लोकतान्त्रिक मुल्य र मान्यतामा चल्नुपर्ने बताए ।



















