स्ववियु निर्वाचनः आन्तरिक तयारीमा उम्वेदवार पुष्प लुइँटेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन् । विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रीत छलफलमा जुटेका छन् ।

यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । लामो समय देखि नेतृत्वविहिन क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने भएसँगै रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर) मा माहोल तातेको छ।

देशैभरी त्रिविका ६२ आंगिक क्याम्पसमध्ये आरआरमा सबैं विद्यार्थी संगठनको नजर हुने गरेको छ । २०७३ साल पछि स्ववियु हुन नसकेको क्याम्पसमा यस पटक चाहिँ पक्का भएपछि विद्यार्थी संगठन तिव्र रुपमा लागेका छन् ।

आरआर क्याम्पसमा सधैं अनेरास्ववियुको पकड राम्रो हुने भएकाले यस संगठनबाट कसले टिकट लिन्छ भन्ने विषयमा यस क्याम्पस बाहिर भित्र जताततै चर्चा सुरु हुन थालेको छन् । अनेरास्ववियुको आरआरमा सबै भन्दा बलिया उम्मेदवारमा काठमाडौं क्याम्पस जिल्ला कमिटि सचिव उज्वल खड्का, क्याम्पस कमिटि अध्यक्ष मदन भण्डारी र उपाध्यक्ष लोकेश खड्का, क्याम्पसका कमिटीका सदस्य तथा अखिल युथफोर्स आरआर क्याम्पसका उपाध्यक्ष पुष्प लुइँटेल रहेका छन् ।

निरन्तर विद्यार्थीको सेवा र विद्यार्थीको आवश्यक हितका लागि अग्रसर बिए तेश्रो बर्ष अध्यनरत विद्यार्थी लुइँटेललाई क्याम्पसका विद्यार्थीहरुले उनको लगनशीलता ,मेहनत र कार्यशैलीलाई नियाल्दै आस्वन चैत ४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचीव पदका लागि रुचाएका छन् । उनी पनि रहेका छन ।

उनी सदैब विद्यार्थीको सेवामा अडिग रहने गर्दछ्न। विद्यार्थीको हकहितका लागि अग्रसर हुने २०७६ सालमा क्याम्पस भर्ना भएर निरन्तर आफ्नो पढाई सङसंगै विद्यार्थीको भर्ना तथा क्याम्पसको सूचना आदन प्रदानमा गर्ने क्रियाकलापमा, क्याम्पसको अन्य अतिरिक्त क्रियाकलापमा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा निर्माण गर्न पनि उनी निरन्तर लागि रहेका छन्।