रवि लामिछाने सिधा कुराः पद जाँदा अलिअलि झोँक चलेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरेका छन् ।

सोमबार पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो सिधा कुरा राखेका हुन् ।

सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे । सो क्रममा उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश पोखेका थिए ।

उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा केही अलिअलि झोँक पनि चलेको स्वीकार गरे ।

‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो ! नि रिस उठिहाल्छ नि

उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’

उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय गरेको उनले बताए ।

उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।