काठमाडौं । नेपालमा पनि फाइभजी प्रविधि भित्रिने भएको छ ।
सूचना प्रविधिको पछिल्लो प्रविधि फाइभजी यही महिनाभित्र शुरु गर्ने तयारी भएको नेपाल टेलिकमले जनाएको छ । शुरुमा काठमाडौं उपत्यकामा परीक्षणका रुपमा फाइभजी प्रविधि शुरु हुनेछ । त्यसपछि सातै प्रदेशका एक एकवटा स्थानमा यो प्रविधि परीक्षण गरिनेछ ।
योसँगै नेपाल पनि सूचना प्रविधिको पछिल्लो प्रविधियुक्त मुलुक बन्नेछ ।



















