नेदरल्याण्डको जितमा सेनेगल स्तब्ध

काठमाडौं । नेदरल्याण्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

नेदरल्याण्डले दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्याण्डलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे ।

जितसँगै नेदरल्याण्डले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘ए’ मा रहेको नेदरल्याण्ड दोस्रो स्थानमा रहेको छ । सेनेगल तेस्रो स्थानमा रहेको छ ।