काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेले नेपाली कांग्रेसलाई उछिनेको छ ।
यस्तै माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको उल्लेखनीय मत देखिँदैन ।
निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर २१ हजार ४१७ मत पाउँदा माओवादी केन्द्रले १९ हजार ३०४ मत पाएको छ ।
एमालेले भने ५० हजार ५६२ मत पाएको हो । यस्तै दोस्रोमा रहेको कांग्रेसले ४४ हजार २५० मत पाएको छ ।
यसैगरी राप्रपाले ९ हजार ९३२, जसपाले ३ हजार ३४७, जनमत पार्टीले ३ हजार १२७, नेमकिपाले २ ३ हजार ८, एकीकृत समाजवादीले २ हजार २६८ र लोसपाले १ हजार ८२८ मत पाएको छ ।
यस्तै अन्य पार्टीले ९ हजार ९६ मत पाएको आयोगले जनाएको छ। मतगणना जारी रहेको छ।
























