काठमाडौं । बलिउडका चर्चित अभिनेता विवेक ओबरोयले चन्द्रागिरिको भ्रमण गरेका छन् । अभिनेता ओबरोयले बिहीबार दिउँसो चन्द्रागिरि पुगेका हुन् । त्यसअघि उनले बिहान पशुपतिनाथको दर्शन गरेका थिए ।
उनी बुधबार साँझ नेपाल आइपुगेका हुन् । उनको नेपाल बसाई दश दिनको हुनेछ ।परिवारसहित नेपाल आउन लागेका ओबरोय
नेपाल रहँदा उनी सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको भ्रमण गर्ने तालिका रहेको छ ।

















