एजेन्सी । आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने ।
विश्व फेसन ब्राण्ड लुइस भिटनकी व्यावसायिक दूत समेत रहेकी दीपिकाले विश्वकपको चम्किलो ट्रफी अनावरण गरिन् । अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न दीपिकाका पति तथा अभिनेता रणवीर सिंह पनि दोहा पुगेका थिए ।

















