काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहका नेताहरू शेखर कोइराला र गगन थापाबीच सहमतिप्रति निकै चासो बढेको छ । संसदीय दलको नेतामा कोइराला पछाडि हटेर थापालाई अगाडि सार्ने सहमतिप्रति चासो देखिएको हो ।
कोइरालानिकट एक नेताका अनुसार कोइराला र थापा समूहबीच दुईवटा एजेन्डामा सहमति भएको छ । त्यही सहमतिका आधारमा संसदीय दलको चुनावमा एक भएर जान दुवै नेता मञ्जुर भएका हुन् ।
१५औँ महाधिवेशनमा यो समूहबाट कोइराला सभापतिको उम्मेदवार हुने र अहिले संसदीय दलमा गगन उम्मेदवार हुने गरी लेनदेनको सहमति भएको हो ।


















