काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको संघीय तथा प्रदेशसभा निर्वाचनमा अपेक्षित सिट ल्याउन नसकेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अपेक्षित सिट ल्याउन नसकेको बताएका हुन्। एमालेले प्रतिनिधि सभामा ४४ र समानुपातिकबाट ३४ सिट प्राप्त गरेको छ। समानुपातिकतर्फ सबैभन्दा धेरै मत एमालेले पाएको हो।
अपेक्षित सिट ल्याउन नसके पनि पार्टीले उत्सव मनाइरहेको ओलीको भनाइ छ।
‘अपेक्षा गरिएको सिट हामीले ल्याउन सकेनौं। तर पनि हामी उत्सव मनाइरहेका छौं। सिट नआए पनि हामी उल्लासमय वातावरणमा छौं। हामी हारेका छैनौं,’ उनले भने।



















